काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले फेल हुने संसोधन प्रस्तावमा मधेसी मोर्चाले अड्डी कस्न नहुने बताएका छन् । सँविधान सँशोधन निर्वाचनपछि गर्नेगरि हाललाई स्थगन गर्नुपर्ने उनको प्रस्ताव छ । नेता पौडेलले संसोधन प्रस्ताव असफल हुने प्रष्ट भएकाले त्यसलाई जोगाउन पनि अहिले चुनावा जानुपर्ने बताए ।
‘संसोधन प्रस्ताव पारित हुने अहिले कुनै सम्भावना छैन ’ उनले भने, ‘चुनाव पछि पनि संविधान संसोधन गर्न सकिन्छ त्यसकारण अहिले स्थगन गर्नु मधेसी मोर्चाका लागि पनि हितकर हुन्छ । ’
उनले संसोधन प्रक्रिया संसदमा प्रवेश भइसकेका कारण शंका गर्नु नपर्ने बताए । पौडेलले मुलुकलाई निकास दिनका लागी निर्वाचनको बिकल्प नभएको प्रष्ट पारे । निर्वाचन पछि नै संविधान कार्यान्वय हुने र मुलुकको विकास हुने पौडेलको भनाई थियो ।