गौरी जोशीलाई सान फ्रान्सिसकोमा आउँदा आउँदै नर्दन क्यालिफोर्नीयाको सबै भन्दा ठूलो संस्था न्यान्सले विशेष कार्यक्रम राखी उनलाई भव्य स्वागत गरियो । उक्त कार्यक्रममा वोल्दै जोसीले भन्नु भयो—‘मैले अमेरिकाका धेरै ठाउँमा छरिएर रहेका साथीहरुसँग सल्लाह गर्दैछु । म साथीहरुको विश्वासलाई धोका दिने छैन । मैले डालसको समाजलाई अगाडि वढाउन जसरी मद्दत गरे सान फ्रान्सिस्को को कम्यूनिटी हल वनाउन पनि त्यसरीनै मद्दत गर्ने छु तर यो चुनावी माहोलमा मैले मेरो नैतिकताले पैसा दिन मिल्दैन । म बचन दिन्छु, मैले जीते पनि हारे पनि म यो कम्युनिटीको लागि सहयोग गर्नेछु यो मेरो वचन भयो ’
गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवार गौरी जोशीले आफुले नेपाली समाजलाई कसरी अगाडि वढाउने भन्ने योजना सहित नेतृत्वका निम्ति अघि बढेको बताउनु भएको छ ।
गौरी जोशी सामान्य परिवारबाट हुर्किएर, दुख सुख गर्दै यहाँसम्म आइपुगेका एक होनहार सामाजीक व्यक्ति हुन् । उनी नेपालको चितवन घर भई १८ वर्षदेखि अमेरिकामा कर्म भूमि बनाएर बसेका छन् । यो आरोह अवरोह सम्ममा उनले धेरै अनुभव बटुली सकेका छन् । अमेरिकामा विद्यार्थी कालका पीडा देखि जागिर खाँदा र अरूलाई जागिर खुवाउँदा सम्मका कथा र व्यथाका थुप्रै सँगाला उनीसँग छ ।
नेपाल देखि संसारकै कुनै कुनामा वस्ने नेपाली डयालस जाँदा उनी भेट्छन् र सम्मान गर्छन् । उनीसँग विशेष गरि नेपालका नेताहरुले व्यबसाय, सामाजीक क्षेत्रमा हाँसिल गरेको प्रगतिका बारेमा बुझ्छन् । अमेरिकामा रहेर प्रगति गर्ने नेपालीहरुको सूचिमा औँलामा गन्न सकिने व्यक्तिका रूपमा जोशी पनि पर्दछन् । जोशीले झण्डै पाँच हजार नेपालीहरुलाई दक्ष बनाएर सूचना प्रविधिको क्षेत्रमा काम दिलाएका छन् ।
उनको सक्षम व्यबसाय आफ्नो ठाउँमा छ । अमेरिकाको एनआरएनलाई दुई वर्षभित्र कहाँ पुर्याउने भन्ने स्पष्ट योजना सहित जोशी उम्मेदवारीमा अघि बढ्दै छन् ।
वोल्ने क्रममा उनले एनआरएन अमेरिकामा आपत्कालिन कोष स्थापना गर्नु पर्नेमा जोड़ दिए । अहिले अमेरिकामा यस्ता महिना छैनन् कि जुन महिनामा नेपालीहरु दुर्घटना वा कुनै प्रकोपबाट पीडित नभएका हुन् । दुर्घटनाबाट निधन हुँदा होस् या अरु कुनै कारणले उपचारमा समस्या हुँदा होस् त्यस्तो बेलामा सहयोग गर्ने कुनै स्थायी प्रकृतिको कोष छैन । जसले गर्दा पटक पटक चन्दा आव्हान गर्नुपर्ने अवस्था लाई सुधार्न आपत कालिन कोष हुनु पर्नेमा जोड़ दिए ।
आफू निर्वाचित भएपछि एकलाख डलरको आपतकालिन कोष खडा गर्ने योजना छ,’ उनले सुनाए । जसबाट बीमा नभएकालाई उपचार गराउनेदेखि लिएर निधन भएकाहरुको दाहसंस्कार, शबलाई नेपाल पठाउने कार्यमा खर्च गर्न सकिनेछ । ताकी पटक पटक चन्दा आव्हान गरिरहन नपरोस् ।
अमेरिका र नेपालको स्थानीय निकायबीच र नेपाल बीच एनआरएनएको माध्यमवाट कोशेढुंगाको स्थापित गराई संबन्ध कायम गराउने धारणा व्यक्त गरे ।
अमेरिकाको कुनै काउन्टी र नेपालको नगरपालिका वा गाउँपालिकाबीच मितेरी संबन्ध कायम गराउने, दुई निकायबीच भ्रमण र अनुभव आदान प्रदान गराउने उनको योजना छ । यसो गर्दा अमेरिका र मातृभूमिबीच संबन्ध जोड्ने काम हुनेछ । ‘दुईवर्षभित्र कम्तिमा पनि दुईवटा सिस्टर सिटी बनाउने मेरो योजना हो,’ उनले भने । सिस्टर सिटीको अवधारणा कार्यान्वयन हुँदा दुई देशका स्थानीय निकायबीच अनुभव, शीपको आदान प्रदान हुनेछ ।
यसरीनै वोल्ने क्रममा उनले भने शीप बिकास, नेतृत्व विकासका कार्यक्रममा अघि बढाउने योजनालाई आफुले एनआरएनको नेतृत्वमा पुगेपछि आक्रामक रुपमा अघि बढाउने छु ।
सरल सीधा तथा साधा जोसीले आँफूले लेखेको पेपरमा पढदै गर्दा एलए देखि आएका समाज सेवी र सान फ़्रान्सिस्को वासीले तालीले उहाँलाई स्वागत गरिरहेका थिए । लाग्थ्यो सान फ़्रान्सिस्को गौरीमय भईरहेको छ ।