राजविराज । नेकपा एमालेको मेची–महाकाली अभियान अन्तर्गत सप्तरीमा हुन लागेको सभास्थल जाने बाटोमा शंकास्पद वस्तु फेला परेको छ ।
राजविराज–रुपनी सडक खण्डअन्तर्गत सोमबार दिउँसो राजविराज नगरपालिका–४, मलेठमा प्रेसर कुकर र सकेट बम फेला परेको डीएसपी दानबहादुर कार्कीले जानकारी दिए ।
फाईल तस्बीर
उनका अनुसार बम डिस्पोज गर्न नेपाली सेनाको टोली घटनास्थल आइपुगेको छ । बम भेटिएको स्थान मेची–महाकाली अभियान अन्तर्गत नेकपा एमालेले सभा गर्न लागेको सभास्थल नजिकै पर्दछ ।
एमालेले राजविराजको औद्योगिक क्षेत्रमा कडा सुरक्षाका बीच सोमबार दिउँसो आमसभा गर्दैछ ।