त्यही हो अमर जसले केहि गर्छ देशका लागि
मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि
देशको सेवा भन्दा ठुलो कर्म के नै छ र
देशभक्ति भन्दा ठुलो धर्म के नै छ र
पर्दा मर्न जो अगाडी सर्छ देशका लागि
मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि
माटो रुंदा जुन छोराले गर्छ बलिदानी
गर्व गर्छ त्यो छोरामा इतिहासले पनि
जसले घामले झैँ उज्यालो छर्छ देशका लागि
मर्दैन त्यो जुन नेपाली मर्छ देशका लागि ।