काठमाडौं। सप्तरी घटनापछि मुलुकको राष्ट्रिय राजनीतिमा खैलाबैला मच्चिएको छ। सोमबार सप्तरीमा प्रहरीको गोली लागी मधेशी मोर्चाका चार जना कार्यकर्ताहरुको ज्यान गएपछि मधेशी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिनेदेखि देशभरि नै पर्दशन गर्ने निर्णय सोमबार साँझ बसेको बैठकले गरिसकेको थियो।
मोर्चाका नेता एवम् संघीय गठबन्धनका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिने उद्धघोष गरिसकेका छन्।
मंगलबार विहान नेपाली रेडियो नेटवर्कका नियमित कार्यक्रम नेपाली बहसका लागि पत्रकास ऋषि धमलासँगको कुराकानीमा यादवले भने,“नेकपा एमालेलाई हामी दोष दिन चाहँदैनौं तर विगत वर्षदेखि मधेशी नेताहरुलाई कहिले माखेसाँग्लो भन्ने, कहिले विहारी भन्ने खालका अभिव्यक्ति दिए, युपी विहार जाओ भन्ने, घोचपेच दिने, चिढाउने खालको अभिव्यक्ति दिएका थिए, यसले मधेशी जनताले अपमानित भएको महशुस भएका थिए, त्यसबाट हुने रियाक्सन हो।”
उनले हिजोको घट्नालाई राज्यले नरसंहार गरेको आरोप लगाए। उनले भने,“जनताले विरोध गर्न नपाउने हो र? अनि विरोध गर्यो भने नरसंहार गर्ने ?
तपाईहरुले नै बनाएको प्रधानमन्त्री होईन र अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ? भन्ने प्रश्नमा उनले भने,“हम्रो भाृटबाट प्रधानमन्त्री बने, तर के गर्ने मलाई हवलदारले टेरेनन, यस्तो बकम्फुसे कुरा उहाँले गर्न मिल्छ ? उहाँले मधेशको समस्या समाधान गर्छु भनेर उहाँले लिखित सम्झौता गर्नुभएको हो नि। ”
यादवले मुलुकको समस्या बल्झाउने तीन दल नै भएको आरोप लगाए। उनले थपे,“तीन दलका कारण मुलुक दलदलमा फस्यो, यीनीहरुले सिण्डीकेट लादिरहेका छन्। म पनि मधेशी हुँ, म पनि लडिरहेको छु।”
यादवले पटक पटक हिजोको सप्तरी घट्नालाई हत्या नभएर जघन्य अपराध र नरसंहार भएको टिप्पणी गरे। उनले भने,“यसको जिम्मा राज्यले लिनुपर्छ।”