काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डोकेको बैठक मधेशी मोर्चाले बहिष्कार गरेको छ।
प्रधानमन्त्री दाहालले सोमबार सप्तरीमा उत्पन्न परिस्थितिबारे छलफल गर्न मोर्चालाई बैठकमा बोलाएका थिए। तर मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेकोले अब वार्ता तथा छलफलमा बस्नुको कुनै औचित्य नभएको भन्दै आजको बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
मोर्चाका नेता अनिल कुमार झाका अनुसार मोर्चाले आजै दिउँसो सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।