संसद बैठकमा मोर्चा गर्दैछ हंगामा , यस्तो छ योजना

संसद बैठकमा मोर्चा गर्दैछ हंगामा , यस्तो छ योजना
राजनीति

काठमाडौं । व्यवस्थापिका संसद्को बैठक आज बस्दैछ । फागुन २० गतेका लागि बोलाइएको बैठक आजका लागि सारिएको थियो । यसअघि विशेष कारणले स्थगित गर्नु परेको र आजका लागि संसद बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठक दिउँसो १ बजेका लागि निर्धारण गरिएको गरेको छ । संविधान संशोधनको प्रस्तावका बारेमा प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच ठोस सहमति हुन नसकेका कारण संसद्का पछिल्ला अधिकांश बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् ।

आजको बैठमा विभिन्न विधेयक पेश हुने कार्यसूची रहेको छ । आजको संसद बैठकको शुरुमै विशेष समय लिएर मधेसी मोर्चाका नेताले सरकारको विरोध गर्ने योजना बनाएका छन् । बोल्ने र लगत्तै नाराबाजी गर्ने मोर्चाको तयारी छ । मधेसी मोर्चाका सांसदहरूले बैठकमा नारावाजी गर्दै बाहिर निस्कने योजनामा छन् ।

Post Comment