गृहमन्त्रीपछि बाबुराम दिल्लीमा ,के छ कनेक्सन ?

गृहमन्त्रीपछि बाबुराम दिल्लीमा ,के छ कनेक्सन ?
राजनीति

नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराई भारतका राजनीतिक व्याक्तित्वसँग भेटघाट गर्न भारत जाने भएका छन् ।

भारतमा उनले नेपालको राजनीतिक घटनाबारे महत्वपूर्ण छलफल गर्ने बुझिएको छ । मंगलबार(आज) दिउँसो ३ः३० बजे उनी दिल्ली प्रस्थान गर्ने नयाँशक्तिले जनाएको छ ।

दिल्लीमा रहँदा उनले भारतका राजनीतिक व्यक्तित्व, नेपाल–भारत सम्बन्धमा जानकार बुद्धिजिवी, नागरिक समाजका अगुवाहरुसँग पनि भेटघाट गर्नेछन् ।

उनले इण्डिया फाउन्डेसनले आयोजना गरेको दिल्लीमा हुने ‘काउन्टर टेरोरिज्म कन्फरेन्स’मा (१४–१६ मार्च) १५ मार्चमा सम्बोधन गर्नेछन् । उनले ‘बुलेट टु ब्यालेट’ शीर्षकको विशेष सत्रलाई प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी उनले २० मार्चमा दिल्लीमा रहेका नेपलीहरुसँग भेटघाट गर्ने र पार्टीको आन्तरिक छलफल गर्ने बताइएको छ ।

उनी २१ मार्चमा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

 

Post Comment