लोकतन्त्रको हीतका निम्ति व्यवसायीक पत्रकारीता : धर्मेन्द झा

समाज

दाङ– व्यवसायिक पत्रकारिताले मात्र लोकतन्त्र बलियो हुने तुलसीपुरमा आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।13625385_1240598939307854_5282217345978409797_n

नेपाल प्रेस यूनीयन दाङ शाखाको आयोजना तथा तुल्सीपुर नगरपालीकाको सहयोगमा वुधवारदेखि तुसीपुरमा शुरु भएको दुई दिने खोज तथा विकास पत्रकारिता तालिम उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले त्यस्तो बताएका हुन् ।

उद्घाटन कार्यक्रमममा शुभ कामना व्यक्त गर्ने अतिथिहरुले पत्रकारिताको माध्यमबाट लोकतन्त्रलाई संस्थागत गर्न सकिने भन्दै आफनो कलम त्यसतर्फ चलाउन आग्रह गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले मूल्य मान्यतासहितको लोकतन्त्र आजको आवश्यक्ता भएको बताएका छन् ।

व्यावसायीक पत्रकारीता गर्ने व्यक्ती मात्रै सच्चा लोकतन्त्रवादी हुने बताउँदै उहाले पत्रकारले राम्रो समाचार लेखेमा लोकतन्त्रको रक्षा हुने बताए ।

उनले लोकतन्त्रको हितका निम्ति व्यवसायीक पत्रकारीता गर्न सहभागी पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा नेपाली काग्रेंस दाङका सभापति कृति बहादुर खड्काले खोज तथा विकास पत्रकारीताका माध्यमबाट समाजमा व्याप्त भ्रष्टाचारलाई बाहिर ल्याई त्यसलाई निर्मुल पार्न पत्रकारहरुलाई आग्रह गरेका छन् ।