यसकारण थपियो सदस्यताका लागि ४ दिन !

यसकारण थपियो सदस्यताका लागि ४ दिन !
एनआरएन विशेष

एनआरएन अमेरिकाले सदस्यता बितरण म्याद  ४ दिन थप गरेको छ । वुधवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको बैठकले मार्च १९ सम्म नयाँ सदस्य बन्न पाउने निर्णय गरेको हो ।

गैर आवाशीय राष्ट्रीय नेपाली संघ राष्टीय समन्वय परिषद अमेरिकाले एनआरएनएको सदस्यता लीईसक्नु पर्ने अन्तिम म्याद भएता पनि ओएवसाईटमा प्राविधिक समस्याका कारण सदस्यता वितरणमा वाधा अड़चन आउँदा विभिन्न तह र तप्काका साथै विभिन्न स्टेटवाट म्याद थपीपाउँ भन्ने आग्रहलाई ध्यानमा राखी सदस्यता वितरण तथा नवीकरण विधानत यही मार्च १९ तारिख आईतवार प्यासिफिक समय अनुसार रातीको ११:५९ मीनेट सम्म थप गर्ने निर्णय गरेको हो ।

यस सम्बन्धमा राखएको उक्त वैठकमा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक सोनाम लामा द्वारा सदस्यता लिने तथा नविकरण गर्ने म्याद वढाउनका लागि निर्देशन सहित पठाईएको पत्र पढेर महा सचिव तिलक श्रेष्ठले सुनाएका थिए ।

 

Post Comment