एनआरएन अमेरिका निर्वाचन:करिब १४ हजार सदस्य पुगे,सदस्यता वितरण ४ दिन थपियो

एनआरएन अमेरिका निर्वाचन:करिब १४ हजार सदस्य पुगे,सदस्यता वितरण ४ दिन थपियो
एनआरएन विशेष

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को आगामी निर्वाचन २०१७-२०१९ का लागि उम्मेदवारहरुले सदस्यता बितरण गरिराखेका छन् । निर्वाचन नजिकिदै जाँदा सदस्यताको संख्यामा पनि तिब्र रुपमा बृद्धि भैरहेको छ । यसैबिच आज सम्म  १३ हजार ८ सय ६४ सदस्यता लिएका छन्  ।

जसमध्य ४ सय ५२ आजिवन र १३ हजार ४ सय १२ साधारण सदस्य रहेका छन् ।

एनआरएनएको सदस्यता लीईसक्नु पर्ने अन्तिम म्याद भएता पनि ओएवसाईटमा प्राविधिक समस्याका कारण सदस्यता वितरणमा वाधा अड़चन आउँदा विभिन्न तह र तप्काका साथै विभिन्न स्टेटवाट म्याद थपीपाउँ भन्ने आग्रहलाई ध्यानमा राखी सदस्यता वितरण तथा नवीकरण विधानत यही मार्च १९ तारिख आईतवार प्यासिफिक समय अनुसार रातीको ११:५९ मीनेट सम्म थप गर्ने निर्णय गरेको हो ।

सदस्यता हेर्नका लागि https://members.nrnnccusa.org/view

Post Comment