केपि ओली भन्दा म राष्ट्रबादी हुं, राष्ट्रवाद सिकाउनु पर्दैन :सदभावना अध्यक्ष राजेन्द्र महतो

केपि ओली भन्दा म राष्ट्रबादी हुं, राष्ट्रवाद सिकाउनु पर्दैन :सदभावना अध्यक्ष राजेन्द्र महतो
राजनीति

सदभावना अध्यक्ष राजेन्द्र महतोले सप्तरी घटनामा एमाले नेतृत्व पूर्णरुपले जिम्मेवार रहेको आरोप लगाएका छन् ।

महतोले एमाले मधेसविरोधी पार्टी भएको टिप्पणी गरे । केपी ओलीसहित एमाले नेताहरुको मधेसविरोधी उत्तेजक अभिव्यक्तिको उपज सप्तरी घटना भएको उनको आरोप थियो ।

‘सप्तरी घटनाको सम्पूर्ण जिम्मेवारी एमालेले लिनुपर्छ’, महतोले भने, ‘त्यो घटना मधेसी जनतालाई बारम्बार घोचपेच र अपमान गर्ने एमाले नेताहरुको व्यवहारको उपज हो ।’ उनले मधेसी जनताको राष्ट्रप्रेम र राष्ट्रभक्तिमा प्रश्न उठाउने हैसियत केपी ओली र एमालेसँग नरहेको जिकिर गरे ।

ओलीभन्दा मधेसी जनता र आफूहरु सच्चा राष्ट्रवादी भएको दाबी गरे । ‘केपी ओलीले हामीलाई राष्ट्रियता सिकाउनुपर्दैन’, उनले भने, ‘हामी मधेसीजत्तिको राष्ट्रवादी कोही छैन ।’

Post Comment