राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सह प्रवक्ता मोहन श्रेष्ठले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन् ।
उनले उपप्रधानमन्त्री वरियताको विवाद झिकेर आगामी वैशाख ३१ गते हुने निर्वाचनलाई नै प्रभावित पार्न खोजिरहेको र दोष राप्रपालाई लगाउन खोजेको समेत आरोप लगाएका छन् ।
वरियतामा निधि कमल थापाभन्दा कान्छो रहेको भन्दै उनले यो कुरा निधिलाई पनि थाहा भएको तर उनले अनावश्यक बखेडा झिकेको टिप्पणी गरे ।
निधिजी सरकार ढाल्न र चुनाव रोक्न चाहन्छन्, RPPलाई उत्तेजित पारेर दोष थोपर्न खोजिराछन्
बरियतामा कमल थापाभन्दा कान्छो भन्ने उहाँ आफैलाई थाहा छ— Mohan Shrestha (@mohanrppn1) April 6, 2017
श्रेष्ठले ट्वीटरमा लेखेका छन्– ‘निधिजी सरकार ढाल्न र चुनाव रोक्न चाहन्छन्, राप्रपालाई उत्तेजित पारेर दोष थोपर्न खोजिराछन् । बरियतामा कमल थापाभन्दा कान्छो भन्ने उहाँ आफैलाई थाहा छ ।’