कसैले विथोलेर निर्वाचन बिथोलिदैन :-सहरी विकासमन्त्री केसी

राजनीति

सहरी विकासमन्त्री अर्जुनरसिंह केसीले सरकारले ल्याएको नयाँ संशोधन विद्येयकलाई सिधै अस्विकार गर्ने मधेशी मोर्चाको निर्णय चुनावको लागि बार्गेनिङ् गर्ने मसला भएको आरोप लगाएका छन् ।

मन्त्री केसीले मधेशी मोर्चासँगको सहमतिमै सरकारले नयाँ संशोधन विद्येयक ल्याएको जिकिर गर्दै भने,‘मोर्चाका नेताहरुसँगको सहमतिमै सरकारले प्रस्ताव ल्याएको हो, अब उहाँले यो प्रस्तावलाई अस्विकार गर्ने निर्णय गर्नुभएको खबर आयो, यो उहाँहरुको लागि चुनावमा जाने बार्गेनिङ् अथवा मसला हो, यही निर्णयलाई उहाँहरुले चुनावी हतियार बनाएर निर्वाचनमा जानुहुन्छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री केसीले व्यक्तिगत रुपमा आफूलेपनि मोर्चाका एक एक नेताहरुसँग संशोधन प्रस्तावबारे कुराकानी गरेको दाबी गरे । उनले भने,‘उहाँहरु पनि निर्वाचनमा आउनुहुन्छ, मोर्चा निर्वाचनमा सहभागी हुन्छ ।’

उनले घोषित मितिमै निर्वाचन हुनेमा कुनै शंका नगर्न समेत आग्रह गरे । उनले भने,‘निर्वाचन हुन्छ, तर यदि भन्ने छैन ।’ यद्धपी उनले दुई चरणमा निर्वाचन गर्ने भन्नेबारेमा भने कुराकानी भैरहेको जानकारी दिए । कसैले विथोलेर निर्वाचन नबिथोलिने समेत जिकिर गरे ।

मन्त्री केसीले सकेसम्म सबै पक्षलाई निर्वाचनमा सँगै लिएर जानको लागि सरकारले अथक प्रयास गरेको उल्लेख गर्दै भने,‘सकेसम्म कोशिश गरेकै हो, निर्वाचन कसरी सफल बनाउने भन्नेबारेमा सरकार गम्भिर भएर लागिपरेको छ, हाम्रो प्रधानमन्त्रीजीले पनि यसकै लागि पहल गरिरहनुभएको हो ।’

Post Comment