प्रचण्डले भने :-अब देखि रक्सि खाँदिन ,आजै देखि छोडे

प्रचण्डले भने :-अब देखि रक्सि खाँदिन ,आजै देखि छोडे
समाज

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मादक पदार्थ (रक्सी) छाडेको घोषणा गरेका छन् ।

नयाँ वर्षको अवसरमा स्वाथ्य मन्त्रालयले शुक्रबार राजधानीमा गरेको पदयात्रामा प्रचण्डले अबदेखि रक्सी नखाने प्रतिबद्धता जनाएका हुन् ।
उनले आफू स्वस्थ मार्गमा हिंड्ने प्रतिबद्धता जनाएका हुन् । अभियानमा ‘म रक्सी, चरोट र सुर्तीजन्य पदार्थ खान्न’, म नियमित व्यायाम गर्छु, म स्वस्थ्य र पोषिलो खाना खान्छु, म नियमित स्वास्थ्य परीक्षण गराउँछु, म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग छु’, जस्ता नारा थिए ।
‘म यी सबै नाराअनुसार चल्छु’, प्रधानमन्त्रीले भने, ‘स्वास्थ्यप्रति सचेत भएर व्यवहार गर्छु ।’ दशरथ रंगशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले झण्डा फहराएर अभियानको शुभारम्भ गरेका थिए ।

Post Comment