फोरमा नेताले दिए मुलुक अनन्तकालीन द्धन्दमा फस्ने चेतावनी

फोरमा नेताले दिए मुलुक अनन्तकालीन द्धन्दमा फस्ने चेतावनी
राजनीति

संघीय ससमाजवादी फोरम नेपालका सांसद लालबाबु राउतले सहमतिका लागि पहल गर्न प्रधानमन्त्री र प्रमुख विपक्षी दललाई आग्रह गरेका छन् । साथै मधेसी मोर्चालाई सहमतिमा नलिई स्थानीय तहको निर्वाचन गरे अनन्तकालीन द्वन्द्वमा फस्ने चेतावनी दिएका छन् ।

संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै यादवले संविधान संशोधनका नाममा प्रधानमन्त्री प्रचण्डले ढाँट्ने काम गरेको आरोप लगाएका छन् ।
उनले सेना परिचालन गरेर निर्वाचन गर्न लागिएको भन्दै उनले भने यस किसिमको परिस्थिति बन्यो भने मुलुक द्वन्द्वमा फस्छ, कसैको भलो हुँदैन ।
लोकतन्त्रमा सबैले निर्वाच्नमा भाग लिनुपर्छ भन्दै उनले आन्दोलनरत सबै पक्षलाई सहमति र निर्वाचनमा ल्याउन प्रधानमन्त्री र प्रमुख प्रतिपक्षीले पहल गर्नुपर्ने बताएका छन् ।
‘२ / ४ दिन पर्खिदैमा केही हुँदैन’, उनले भने ‘तर, जसरी निर्वाचन थोपर्ने काम भएको छ । यो मुलुकका लागि दुर्भाग्य हुनेछ ।’
मधेसी मोर्चा तराई मधेसको मध्यमार्गी धार भएको भन्दै उनले भने ‘हामीले आफ्नो उपस्थिति खोजेको हो । तर, राज्यको रबैया यस्तौ रह्यो भने अतिवादीतिर जानेछ र अनन्तकालीन द्वन्द्वमा फस्नेछ ।’

Post Comment