उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय निर्वाचनका लागि राजनीतिक वातावरण अझै बनिनसकेको बताएका छन ।
आजको संसद बैठकमा गृहमन्त्री निधिले सरकार वैशाख ३१ मै चुनाव गराउन प्रतिवद्ध रहे पनि राजनीतिक वातावरण तयार नभइसकेको बताएका हुन ।
राजनीतिक वातावरण निर्माणमा जुट्न उनले सबै पक्षलाई आग्रहसमेत गरेका छन् । निर्वाचन सुरक्षाबारे जानकारी गराउँदै गृहमन्त्री निधिले जिल्लाहरुलाई तीन तहमा वर्गीकरण गरेर सुरक्षा प्रदान गरिरहेको बताए ।
उनले जिल्लालाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी तीन तहमा वर्गीकरण गरेर सुरक्षा प्रदान गरिरहेको बताए ।
केन्द्रमा निर्वाचन परिचालन योजना लागू भइसकेको बताउँदै उनले जिल्लामा पनि लागू गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिए ।
यसैगरी, निधिले सप्तरीका एमाले सांसद सत्यनारायण मण्डलको घरमा संसदमा व्याख्या गरिए जस्तो आक्रमण नभएको दावी पनि गरे ।