एमालेका उपाध्यक्ष भीम रावलले राष्ट्रियहित विपरित हुने सरकार र मधेसी मोर्चाको सहमतिलाई कुनै पनि मान्यता नदिने टिप्पणी गरेका छन् ।
उपाध्यक्ष रावलले भने, ‘राष्ट्रियहित विपरित हुने सहमतिलाई एमालेले मान्दैन ।’
उनले सत्तारुढ दल र मधेसी मोर्चाबीच हुने सहमतिलाई हेरेर मात्रै आधिकारिक धारणा दिने बताए । ‘सहमति नहुँदै अहिले नै प्रतिक्रिया दिनु उचित हुँदैन । सहमति हेरेर मात्रै प्रतिक्रिया दिन्छौँ ।’
एमाले उपाध्यक्ष रावलले विदेशी नागरिकलाई नागरिकता दिने, हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने, सीमाङ्कनमा तराई–पहाड टुक्राउने सहमतिलाई एमालेले कुनै पनि हालतमा नमान्ने बताए ।
सरकार र मधेसी मोर्चाबीच वार्ता सकारात्मक मोडतिर जाँदै गरेका बेला एमालेका उपाध्यक्ष रावलले प्रारम्भीक प्रतिक्रिया दिँदै देश, जनता र राष्ट्रहित विपरितका कुनै पनि सहमति नगर्न सुझाव दिएका हुन् ।