कुनै पनि हालतमा संशोधन प्रस्ताव पास गर्न दिदैनौं :- नेता ज्ञवाली

कुनै पनि हालतमा संशोधन प्रस्ताव पास गर्न  दिदैनौं :- नेता ज्ञवाली
राजनीति

नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले स्थानीय तहको निर्वाचन नेपालको भविष्यसँग जोडिएकाले निर्धारित समयमा हुनुपर्ने बताउनुभएको छ ।

बझाङ–काठमाडाँै सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको नयाँ वर्ष २०७४ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले निर्वाचन नभए देश अन्धकारमा फस्ने बताउनुभयो ।

“देशलाई कुन दिशामा लैजाने भन्ने कुरा निर्वाचनले निर्धारण गर्छ,” उहाँले भन्नुभयो – “यस वर्ष तीनवटै तहको निर्वाचन गरेर मुलुकलाई नयाँ युगमा प्रवेश गराउनुपर्छ ।”

“निर्र्वाचन अलमल्याउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो । उहाँले सरकारले निर्वाचनको वातावरण बनाउनुको सट्टा संविधान संशोधनको कुरा ल्याएको भन्दै कुनै पनि हालतमा संशोधन प्रस्ताव पास गर्न नदिने धारणा राख्नुभयो

Post Comment