बजेट लगत्तै चुनाव गरिए एमालेले भाग लिँदैन:-नेता डा. मिश्र

बजेट लगत्तै चुनाव गरिए एमालेले भाग लिँदैन:-नेता डा. मिश्र
राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता डा.बंशिधर मिश्रले आफ्नो पार्टी अहिले परिमार्जनसहित ल्याईएको संविधान संशोधन प्रस्तावको विपक्षमा नरहेको बताए ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘चुनाव हुने शर्तमा हामी संविधान संशोधनको विपक्षमा छैनौं, तर संशोधन प्रस्तावको कन्टेन्टमा हामीसँग छलफल गरिएन्, यो प्रस्ताव हामी सदनमा रोक्दैनौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले बजेटपछि चुनाव भए आफ्नो पार्टीले भाग नलिने समेत चेतावनी दिए । उनले भने,‘कि त बजेट अघि चुनाव हुनुपर्यो होईन भने बजेट लगत्तै चुनाव गरिए एमालेले भाग लिँदैन्।’

Post Comment