बिशेषतः सुशासन र देशको आर्थिक स्थितिलाई मजबुत बनाउनु नै आफ्नो प्रमुख राजनैतिक एजेण्डा भएको बताउने नयाँ शक्ति नेपाल पछिल्लो केही समययता तिब्र रुपमा संगठन विस्तारमा जुटेको छ ।
देशमा भएका वर्तमान राजनीतिक दलहरुबाट देशको विकास नहुने ठहर गरि बिकल्पको रुपमा नयाँ अवधारणाका साथ अघि बढेको बताउने नयाँ शक्तिले यही जेठ ३० गते काठमाडौंबाट औपचारिक रुपमा पार्टी घोषणा गरेको छ । भने गएहप्ता निर्वाचन आयोगको कार्यालयमा दल दर्ता पनि गराइसकेको छ ।
प्रश्तुत छ, नयाँ शक्तिको आवश्यक्ता, पार्टाीको एजेण्डा र यसले नेपाली राजनीतिमा पार्ने प्रभावलगायतका बिषयमा नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य गोपालबाबु श्रेष्ठसँगको कुराकानीको संपादित अंश ।
१. पर्यटनमा स्थापित भइसकेको ब्याक्ति, नयाँ शक्तिमा आवद्ध हुनुभाछ, यसको आवश्यक्ता र औचित्य के ?
सर्वप्रथमतः मानिस सामाजिक प्राणी हुनुको नाताले पनि ऊ निश्चीत बिचार र आवश्यक्तासँग जोडिएका हुन्छ । यसो भनिरहँदा उत्पादन सहितको समाज बिकाशमा लागि केही टेवा पुर्याउन सकिन्छ कि भनेर नै पार्टिभित्र प्रवेश गरेको हुँ । यस अर्थमा राजनीति नै समाज परिवर्तनको बहाक भएकाले सामाजिक संरचनाहरुको बिकाशमा नयाँ शक्तिले नयाँ बिचार सहितको भुमिकालाई अगाडि बढाउन सक्ने संभावना देखेर नै बिकाशको राजनीतिका लागि यसमा संलग्न भएको छु ।
२.तर यही बिचमा कतिपयले नयाँ शक्ति थाकेर गएकाहरुको समुह हो, जसमा बाबुरामलाई नेतृत्वमा स्थापित गराउला, यहाँहरु पार्टिभित्रका दुईचार जनालाई मन्त्री, सभासद बनाउन देखी बाहेक, जनताले पाउने के भन्ने पनि होला नि ?
हेर्नुस, लोकतन्त्रमा सबैले आफ्नो बिचार राख्न छुट छ । यद्यपी ती कति बस्तुनिष्ठ र सत्यता छन भन्ने पनि अनुसन्धानको बिषय होला । यद्यपी म के भन्न चाहन्छु भने आज जुन रुपमा नयाँ शक्ति नेपाल पार्टिको हामी कुरा गरिरहेका छौ, यसका संयोजक डा. बाबुराम भट्टराईले सुरुवाती दिनमा एमाओवादीमा हुँदा देखी नै पार्टिभित्र नयाँ सोच र अवधारणाका साथ पार्टिलाई अगाडि बढाउने कुरा पटक पटक उठाउनुभएको स्थिीती हो । जुन कुरा केही बर्षअघिदेखी माओबादीको खरीपाटि बैठकमा पनि चर्को रुपमा उठेको थियो । यद्यपी एमाओबादी नेतृत्वबाट त्यस किसिमको बिचारलाई आत्मसाथ गर्ने स्थीती नदेखिएपछि, अब २१ औ शताब्दिमा जनताका जनजिबिकाका सवालहरुलाई सम्बोधन गर्न बर्तमान राजनैतिक दलहरुको सोचबाट संभव छैन भन्ने निष्कर्षबाटै नयाँ शक्तिको जन्म हुन पुगेको हो । न कि नेतृत्व र मन्त्री, सभासदको लोभमा नयाँ शक्ति गठन भएको होइन ।
३. बिशेषतः नयाँ शक्ति बिचारको हिसावले डेमोक्रेसी वा कम्युनिष्ट कुन पक्षलाई अनुशरण गर्दैछ ?
नयाँ शक्ति बिशुद्ध रुपमा आर्थिक बिकाशलाई प्राथमिकता दिने सोचका साथ अघि बढेकाले आजको दिनमा निश्चय नै लोकतान्त्रिक समाजबाद उन्मुख हाम्रो पार्टि दिशा हो । हिजो एमाओबादीमा हुँदा पनि यसबारे बहश भएकै हो कि १० बर्षे जनयुद्ध र २०६२/६३ को जनआन्दोलनसम्म माक्र्सबाद कम्युनिष्ट सिद्धान्त मान्दै अगाडि आएको भएपनि यसलाई अझ परिष्कृत गर्दै युग सुहाउँदो दिशामा अगाडि बढ्नुपर्छ भन्ने सोचका साथ अघि बढेका हौ ।
४. यहाँहरुको बर्ग प्रतिस्पर्धा त कम्युनिष्ट पार्टिहरु सँगै होला नि ?
एकल बिचार राख्ने पार्टिसँग मात्र प्रतिस्पर्धा हुने भन्ने हामीले अहिले सोचेको बिषय होइन, जुन रुपमा हाम्रो पार्टि संघर्ष भनेको गरिबी निवारण र देशमा बिद्यमान दलाल पुँजीबादी प्रबृत्तिको अन्त्य गर्नमा नै केन्द्रित हुनेछ । बर्ग संघर्ष या जेसुकै नाम दिइएपनि हाम्रो लडाई देशमा सुशासन र आर्थिक, सामाजिक रुपान्तरणका लागि नै हो ।
५. कांग्रेस, एमाले, एमाओबादी लगायतका स्थापित पार्टिहरुको बिचमा नयाँ शक्तिको स्थान कहाँनेर देख्नुहुन्छ ?
आगामी चुनावमा नयाँ शक्ति पहिलो पार्टि बन्ने अभियानका साथ अगाडि बढिरहेको छ । यस बिचमा हाम्रा एजेण्डालाई जनताको बिचमा पुर्याउने कोशिस भैरहेको छ । अहिले सम्मको स्थिीतीलाई नै हेर्दा पनि नयाँ शक्ति प्रति आम जनतको लहर जुन किसीमको देखीएको छ । यसले पनि हामीलाई उत्साहित बनारहेको अवस्था हो ।
६. यहाँहरु एमाओबादी हुँदा फुटेर गएका माओबादी घटकहरुको पनि पुनः एकता भएको स्थिीतीमा यहाँहरु माथीको चुनौती, मत बाँडिने स्थिीती पनि त होला नि ?
हेर्नुस, माओबादीहरु बिचको एकता यस भन्दा अगाडि नै हुनपथ्र्यो । ढिलै भएपनि जुट्नुभयो राम्रो भयो । उहाँहरु के कारणले फुट्नु भयो र के कारणले जुट्नु भयो त्यो जनताले थाहा पाउनुपर्छ । जनतालाई दिने उत्तर उहाँहरुसँग छैन । तर यही स्थिीतीमा बाबुरामले पार्टि रुपान्तरणको एजेण्डा बोकेर पार्टि छोडेको हो, उहाँहरु जसरी फुटेको होइन, यसकारण जनतामा हामीले हाम्रा एजेण्डा खुल्ला रुपमा राख्ने हाम्रो नैतिक अधिकार छ, त्यो हामीले राख्छौ । यस अर्थमा जनताको लहरकै कुरा गर्दा माओबादी एकता भएर हाम्रो मतमा फरक पर्ने भन्दा पनि सम्पुर्ण राजनैतिक दल एकातीर र नयाँ शक्ति अर्कोतिरको स्थान यही बिचमा हामीले बनाईसकेको स्थीती हो ।
७. नयाँ शक्तिले समानुपातिकमा केही स्थान प्राप्त गर्ने स्थिीती बनेपनि आजको दिनमा प्रत्यक्ष चुनावमा सफलता प्राप्त गर्ने स्थिीती देखीएको छैन, भन्नेहरुपनि छन नी, हो ?
आँकलन जे पनि होलान, यद्यपी राजनीतिक दल अन्ततः जनतामा नै पुग्ने हो, जनताले सुरुवाती दिनमा देखाएको चासोबाटै यो प्रमाणित हुने क्रममा छ की नयाँ शक्ति प्रति जनताको भरोसा बढ्दै छ । अर्कोकुरा अहिलेको पहिला, दोस्रा भनिने दलहरुको एजेण्डाप्रति जनताको बितृष्णा बढिरहेको स्थिीतीमा नयाँ शक्ति बिकल्पको रुपमा प्रश्तुत हुनेछ । ७० बर्षदेखी कांग्रेस, ५० बर्षदेखी एमाले र जनयुद्धदेखी अहिलेसम्म माओबादीले जुन स्थान प्राप्त गरेको छ, त्यो हामीले यही बिचमा प्राप्त गरेको हामीलाई अनुुभुति भएको छ ।
८. अन्त्यमा, नयाँ शक्तिलाई किन रोज्ने, एजेण्डागत भिन्नता खास के छ ? प्रष्ट पारिदिनुस ।
देशको उन्नती र प्रगतिको लागि सुशासन, आर्थिक बिकाश र स्वाधिनताका मुद्धालाई केन्द्रमा राखेर हामी अगाडि बढिरहेका छौ । यही कुरालाई स्थापित गर्ने हेतुले यही जेठ ३० गते काठमाण्डौबाट पार्टिको औपचारिक घोषणा हुँदैछ । त्यहीबाट दुरगामि महत्वका एजेण्डाहरु हामी घोषणा गर्ने क्रममा रहेका छौ । आज सम्मको स्थिीती जनताले अवश्य पनि मुल्यांकन गर्नेछन ।
श्रेष्ठ नयाँ शक्ति नेपालका केन्द्रिय परिषद् सदस्य हुन ।