काठमाडौं महानगर पालिकाको मेयरमा कांग्रेसले उद्योगमन्त्री नवीन्द्रराज जोशीका दाजु राजुराज जोशीलाई उम्मेदवार बनाउने भएको छ । कांग्रेसमा मेयरका अर्का दावेदार नवीन चित्रकार थिए ।
चित्रकार र जोशीबीच सहमति हुन नसकेपछि कांग्रेस नेताहरुले मन्त्री जोशीलाई राजीनामा गराएर महानगरको मेयरमा उम्मेदवार बनाउने समेत तयारी गरेका थिए । काठमाडौंमा एमालेसँग प्रतिस्र्धा गर्न निकै कठीन हुने वताउँदै उद्योगमन्त्री जोशीलाई नै उम्मेदवार बनाउने भनिए पनि अन्तिममा उनका दाजु राजुराजलाई कांग्रेसले अगाडि सारेको हो । राजुराजलाई मेयरको टिकट दिएपछि सांसद तीर्थराम डंगोल समुहले भने तीब्र असन्तुष्टि जनाएको छ ।