एमाले काठमाण्डौंका मेयर बिद्यासुन्दर शाक्य , राप्रपालाई उपमेयर

एमाले काठमाण्डौंका मेयर बिद्यासुन्दर शाक्य ,  राप्रपालाई उपमेयर
जनसरोकार

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयर पदका लागि विद्यासुन्दर शाक्यलाई उम्मेदवार चयन गरेको छ ।

आज विहानदेखि एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी शीर्ष नेताको बैठकले शाक्यलाई काठमाडौं महानगरको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपमेयरमा भने राप्रपाका उम्मेदवार हुनेछन् । किनभने एमालेले काठमाडौं महानगरका लागि राप्रपासँग चुनावी तालमेल गरेको छ ।

शाक्यले केहीबेरमा राष्ट्रियसभा गृह पुगेर काठमाडौं महानगरको मेयर पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए ।

Post Comment