कास्कीको माछापुच्छ्रे गाउँपालिकामा कांग्रेस उम्मेदवारको गाडीमा आगजनी गरिएको छ ।
प्रहरीका अनुसार गाउँपालिका वडा नं १ का वडा अध्यक्ष पदका उम्मेदवार वीरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग १ ज ५१४८ नम्बरको जीपमा घाचोकको टुसे भन्ने स्थानमा पार्किङ् गरेकै स्थानमा मंगलबार मध्यराति १२ः३० बजे अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट गाडी पूर्णरुपमा क्षति भएको छ ।
उक्त गाडी गाउँपालिकाकै उपप्रमुख उम्मेदवार टेकन शोभा गुरुङको भएको बताइएको छ । घटनाको प्रहरीले अनुसन्धान थालेको छ ।