सिरहा यातायात कार्यलयमा बम बिष्फोट,कर्मचारी र सेवाग्राहि भागाभाग

सिरहा यातायात कार्यलयमा बम बिष्फोट,कर्मचारी र सेवाग्राहि भागाभाग
जनसरोकार

सिरहाको लहानस्थित सरगमाथा अञ्चल यातायात व्यवस्था कार्यालयमा आज मध्यान्ह शक्तिशाली कुकर बम विस्फोट भएको छ । कार्यालयको दोस्रो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षसँगै टाँसिएको शौचालयमा बम विस्फोट भएको हो ।

बम विस्फोटबाट मानविय क्षति भएन भने कार्यालयको माथिल्ला तल्लाको चार वटा कोठाको वाल चर्केको छ । बम विस्फोटबाट शौचालय भने पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ । माथिल्लो चार वटा कोठाको झ्यालको सबै सिसा फुटेको छ भने कतिपय झ्याल समेत भत्कियो । बम विस्फोट हुँदा कार्यालय प्रमुख ओमकार प्रसाद न्यौपाने कार्यकक्षमै थिए । उनलाई सामान्य चोट लागेको छ ।

बम विस्फोटपछि कार्यालयमा भागाभाग मचेको थियो । बमको ठूलो आवाज आएको र भवन नै थर्किएपछि कार्यालयमा भएका सयौं सेवाग्राही र कर्मचारीहरु बाहिर निस्केका थिए । घटना लगत्तै नेपाल प्रहरी, शस्शत्र प्रहरी र नेपाली सेनाको टोली घटना स्थल पुगेका थिए ।

बम विस्फोटबाट भीआरएस तथा डीएलआरएसको सर्भरमा समस्या आएको छ । सर्भरमा आएको समस्याका कारण कार्यालयले आजको लागि कामकाज ठप्प भएको सूचना प्रकाशित गरेको छ । बम विस्फोट हुँदा कार्यालयका कर्मचारीहरुमा त्रास पैदा भएको छ ।

बम विस्फोट कसले र किन गराएको विषयमा केहि खुल्न सकेका छैन् । अहिलेसम्म कुनै समूहले पनि बम विस्फोटको जिम्मेवारी लिएका छैन् । बम विस्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख तथा डिएसपी हिराबहादुर पाण्डेले जानकारी दिए ।

Post Comment