देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतपरिणामअनुसार पोखरामा ७ सय मत गणना हुदाँ नेकपा एमाले मेयरमा ४सय ५ भने उपमेयरमा ३ सय ९३ त्यस्तै कांग्रेस मेयरमा २ सय ५१ मत ,उपमेयरमा ३ सय ५६ ल्याएका छन् ।
पोखरा लेखनाथको मेयरमा काँग्रेसबाट रामजी कुँवर, उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् । त्यस्तै, एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु कुमारी गुरुङ प्रतिस्पर्धामा छन् । मेयरमा कांग्रेसलाई माओवादी केन्द्रको साथ छ । तैपनी दुई ठूला दल मिल्दा एमाले अगाडि देखिएको हो ।