अफगानिस्तानमा एम्बुसमा परी २० प्रहरीको मृत्यु

अफगानिस्तानमा एम्बुसमा परी २० प्रहरीको मृत्यु
अन्तर्राष्ट्रिय समाचार

अफगानिस्तानको दक्षिण क्षेत्रस्थित साहजोइ जिल्लामा तालिवानले थापेको एम्बुसमा परी कम्तीमा २० प्रहरी जवानको मृत्यु भएको । १० भन्दा बढी घाइते भएका छन् ।

सुरक्षा फौजले कारबाही अभियान जारी राखेका बेला तालिवानले सो आक्रमण गरेको हो । जाबुल प्रान्तमा आक्रमण भइरहेको समय नजिकैको साह जोइमा तालिवानले सुरक्षा फौजलाई लक्ष्ति गरेर एम्बुस थापेको अफ्गानी अधिकारीले जनाएका छन् ।
विभिन्न तालिवान संगठनले १६ बर्ष यता काबुलमा पश्चिम समर्थीत सरकार विरुद्ध कारबाही जारी राख्दा हजारौं मानिसको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन् । एजेन्सी

Post Comment