काठमाडौँ महानगरपालिका वडा न १९ मा काँग्रेसको प्यानल बिजयी

काठमाडौँ महानगरपालिका वडा न १९ मा काँग्रेसको प्यानल बिजयी
समाज

काठमाडौँ महानगरपालिका वडा न १९ मा नेपाली काँग्रेसको प्यानल नै बिजयी भएको छ।

नेपाली काँग्रेसका अध्यक्ष शशी लाल श्रेष्ठ एक हजार ८९९ मत सहित बिजयी भएका हुन्। त्यस्तै महिला सदस्यमा रेनु कमल शाही, खुल्ला सदस्य चन्द्रमान डंगोल, मधुसूदन प्रधान बिजयी भएका छन्।

त्यस्तै दलित महिला सदस्यमा रंजिता परियार यस अघि नै निर्बिरोध निर्वाचित भइसकेकी थिइन्। सबै काँग्रेसकै उम्मेद्वार हुन्।

Post Comment