चर्चित टेलिभिजन पत्रकार केदार कोइराला पक्राउ परेका छन् ।
शुक्रबार राति १० बजेतिर काठमाडौंको शान्तिनगरस्थित आफ्नै निवासबाट कोइरालालाई प्रहरीले पक्राउ गरेको हो । उनलाई बानेश्वर प्रहरीले हिरासतमा राखेको पत्रकार चिरिञ्जीवि शाहले जानकारी दिएका छन् ।
पत्रकार कोइराला माउन्टेन टेलिभिजनका समाचार प्रमुख हुन् ।
पक्राउको पछाडि पारिवारिक कारण रहेको बताए पनि प्रहरीले विस्तृतमा खुलाउन चाहेको छैन् ।