एमाले कार्यकर्ता मारेका पूर्वराज्यमन्त्री खड्कासहित ४० जना विरुद्ध मुद्दा दर्ता

एमाले कार्यकर्ता मारेका पूर्वराज्यमन्त्री खड्कासहित ४० जना विरुद्ध मुद्दा दर्ता
जनसरोकार

दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकास्थित जुँगुमा भएको कुलबहादुर तामाङको हत्या प्रकरणमा माओवादी केन्द्रकी नेतृ एवम् पूर्वराज्यमन्त्री देवी खड्कासहित ४० जना नेता तथा कार्यकर्ताविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालत चरिकोटमा मुद्दा दर्ता गरेको हो । ज्यान मुद्दामा देवी खड्कासहित माओवादी पोलिटव्यूरो सदस्य गंगा कार्की, जिल्ला अध्यक्ष बिशाल खड्का लगायतलाई प्रतिवादी बनाइएको छ ।

पीडित परिवारको जाहेरीका आधारमा प्रतिवादी बनाइएको सरकारी वकिलको कार्यालयले जनाएको छ । हत्या गरिएको तामाङ एमालेका कार्यकर्ता हुन् ।

गौरीशंकर गाउँपालिका वडा नमबर १ का एमाले उम्मेदवार गोरे तामाङका छोरा कुलवहादुरको वैँशाख २७ गते जुँगुको रेशमडाँडामा हत्या भएको थियो ।

एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीच झडपपछि सो हत्याकाण्ड भएको थियो । हत्यापछि कुलवहादुरका परिवारले ४१ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । ती मध्ये ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माओवादी नेताहरु देवी खड्का, विशाल खड्का र गंगा कार्की लगायत फरार रहेको प्रहरीले जनाएको छ ।

एमालेका सांसद पशुपति चौलागाई, आनन्द पोखरेल र पार्वत गुरुङले दोलखाको जफे, झुले, मेलुङ, गैरीमुदी, क्षेत्रपा लगायतका बुथमा चुनावका दिन कांग्रेसले भौतिक हमला गरेर उम्मेदवार कुटपिट गरेको र मतदाताले मतदान गर्न नपाएको भन्दै छानविनको माग गर्दै आएका थिए ।

Post Comment