“प्रधानमन्त्री चयन प्रक्रियामा हामी कुनै अवरोध गर्दैर्नौं, ढुक्क हुनोस् भोलि संसद सुचारु हुन्छ”:-नेता सुवास नेम्बाङ

राजनीति

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि हुने प्रधानमन्त्री चयन प्रक्रियामा कुनै अवरोध नगर्ने जनाएको छ ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले भने,“प्रधानमन्त्री चयन प्रक्रियामा हामी कुनै अवरोध गर्दैर्नौं, ढुक्क हुनोस् भोलि संसद सुचारु हुन्छ।” उनले सत्तारुढ दलका व्यवहारका कारण बाध्य भएर आफ्नो दलले विगत केही दिनदेखि सदन अवरोध गरेको स्पष्ट पारे ।

त्यस्तै उनले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगको निर्णयको विरोधमा सर्वोच्च अदालतमा परेको रिटको आदेश जे आएपनि आफ्नो पार्टीलाई मान्य हुने समेत बताए । उनले थपे,“अदालतले जस्तो निर्णय गरेपनि हामीलाई मान्य हुन्छ।”

भोलि हुने प्रधानमन्त्री निर्वाचनमा आफ्नो दलले प्रधानमन्त्रीका उम्मेद्धवार कांग्रेस सभापति शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने समेत जानकारी दिए ।

त्यस्तै उनले नवगठित राष्ट्रिय जनता पार्टी नेपाल चुनावमा सहभागी भए त्यसको सबैभन्दा ठूलो फाईदा आफ्नै दललाई हुने समेत ठोकुवा गरे । नेम्बाङले भने,“राजपा नेपाल चुनावमा सहभागी होस् भनेर सबैभन्दा धेरै प्रयत्न गर्ने र चाहाने दल हाम्रो दल हो, तर कांग्रेसले नै बरु चुनावमा नगईदिए हुन्थ्यो भनेर कामना गरिरहेको छ।” उनले पूनः राजपा नेपाल चुनावमा गए आफूहरुलाई नै फाईदा पुग्ने बरु कांग्रेसलाइ घाटा हुने दाबी प्रस्तुत गरे ।

Post Comment