माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्जले दिए पार्टी छाड्ने चेतावनी

माओवादी केन्द्र सुदुरपश्चिम इन्चार्जले  दिए पार्टी छाड्ने  चेतावनी
राजनीति

माओवादी केन्द्रका हेडक्वार्टर सदस्य एवं प्रदेश नम्बर–७ का इन्चार्ज लेखराज भट्टले आफूले सिफारिस गरेका व्यक्ति मन्त्री नभए पार्टी नै छाड्ने चेतावनी नेतृत्वलाई दिएका छन् ।

भट्टले बाजुराका समानुपातिक सांसद कर्णबहादुर विकलाई काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री नबनाए पार्टी छाड्ने चेतावनी दिएका हुन् । उनले अध्यक्ष प्रचण्डसहित केही वरिष्ठ नेतालाई भेटेरै विक मन्त्री नभए पार्टीमा नबस्ने बताएका हुन् । ‘कर्णबहादुर पार्टीका पुराना र दुर्गम पहाडका नेता हुन्’, भट्टको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यदि यो पटक उहाँलाई मन्त्री नबनाउने हो भने म पार्टीमा बस्दिन ।’
विक सुदूरपश्चिमको पुराना कार्यकर्ता, दलित समुदायको र विकट पहाडी जिल्लाबाट प्रतिनिधित्व गरेका कारण उनलाई मन्त्री बनाउनैपर्ने तर्क भट्टको छ । तर, माओवादी केन्द्र सुदूरपश्चिमका बहुमत नेता कार्यकर्ता विकको विपक्षमा छन् । नेता भट्टले यसअघि पनि कैलाली र कञ्चनपुरलाई पहाडी जिल्लाहरुमा मिलाएर प्रदेश नबनाए पार्टी छाड्ने र क्षेत्रीय पार्टी गठन गर्ने चेतावनी दिँदै आएका थिए ।

Post Comment