प्रदेश नम्बर २ को चुनाव सार्ने निर्णयपछि नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाको आलोचना गर्दै कडा टिप्पणी गरेका छन् ।
चुनाव लगत्तै प्रतिक्रिया दिँदै एमाले सचिव भट्टराईले ‘देउवाको गलामा अक्षमको अर्को तक्मा’ थपिएको टिप्पणी गरेका छन् ।
‘प्रम शेरबहादुरले कलङ्कित इतिहास बदलेनन्, बरु दोहोर्याए । अब उनका गलामा अक्षमको अर्को एक तक्मा थपिने भयो । लोकतन्त्र र शेरबहादुरसंगै जान सक्दैन कि के हो ?’- भट्टराईको प्रतिक्रिया छ ।
राजपासँगको बिहीबारको बैठकमा प्रधानमन्त्री देउवाले २ नम्बर प्रदेशको चुनाव सार्ने सहमति जनाएका छन् । अन्य प्रदेशको चुनाव भने असार १४ मै हुने भएको छ ।