मुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. बंशिधर मिश्रले सरकारले चुनाव नचाहेकै कारण प्रदेश नम्बर २ को चुनाव सारिएको आरोप लगाए । उनले भने,‘यो चुनाब सार्नुको कुनै औचित्य छैन्, चुनाव कुनैपनि हालतमा सार्नुहुन्थेन, सरकारले चाहेको भए चुनाव गर्न सक्दथ्यो।’
उनले आफ्नो पार्टी संविधान संशोधनमा छ्लफल गराउन र गर्न तयार रहेको स्पष्ट पारे । मिश्रले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले तीनै तहको निर्वाचन गराउन सक्छ्न या सक्दैनन भन्ने कुरा अझै शंका रहेको गुनासो पोखे ।
उनले भने,‘०७४ माघ ७ गतेभित्रै तीन तहकै निर्वाचन गराउनुपर्छ, समयमै निर्वाचन सम्पन्न गर्नको लागि त्यसको लागि चुनाबको क्यालेन्डर लिएर आउनु पर्छ।’
उनले स्थानीय तहको निर्वाचनमा चुनाबी तालमेलले दीर्घकालीन रुपमा फाईदा भएको बताए । उनले भने,‘चुनावी तालमेलको संस्कार अत्यन्तै राम्रो छ, यसले फाईदा नै पुग्छ।’
मिश्रले दोस्रो निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुने दाबी प्रस्तुत गरे । उनले भने,‘पहिलो चरणको निर्वाचनमा पनि हामी पहिलो पार्टी बनेको र दोस्रो चरणको निर्वाचनमा पनि हामी नै पहिलो बन्छौं।’ उनले आफ्नो पार्टी असार १४ को निर्वाचनपछि पहिलो पार्टीको रुपमा उदाउने घोषणा गरे ।