काँग्रेस नेता बादल हत्याकाण्डको तत्काल छानबिनको माग

काँग्रेस नेता बादल हत्याकाण्डको तत्काल छानबिनको माग
समाज

नेपाली काँग्रेस साबिक लेखनाथ नगरपालिका नगर समितिका सभापति एवम् पोखरा लेखनाथ सहसंयोजक राजेन्द्रमणि लामिछानेले काँग्रेस नेता रामजी बादल हत्याकाण्डको तत्काल छानबिनको माग गर्नुभएको छ ।

काँग्रेस पोखरा लेखनाथ नगर समितिको शुक्रबारको बैठकमा हत्याकाण्डको छानबिनको मागसहित पदबाट राजीनामा दिँदै उहाँले आफूले पटक पटक हत्याकाण्डको छानबिनको माग गर्दै आए पनि त्यसको कुनै सुनुवाइ हुन नसकेको र अनावश्यक रुपमा आफूमाथि दोषारोपण गरिएका कारण पीडाबोध गरिरहेको बताउनुभयो । विसं २०७२ साउन २८ गते काँग्रेसका नेता बादलको हत्या भएको थियो ।

Post Comment