कांग्रेस नेताले भने:- केपि ओली जि बालकोटबाट बृद्ध भत्ता बाड्नुस् , राज्यको ढिकुटि होइन

कांग्रेस नेताले भने:- केपि ओली जि बालकोटबाट बृद्ध भत्ता बाड्नुस् , राज्यको ढिकुटि होइन
राजनीति

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय तहको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस पहिलो पार्टी बन्ने बताएका छन् ।

कांग्रेसले मोरङको उर्लाबारीमा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस पहिलो भएपछि एमालेको चुरीफुरी समाप्त हुने बताएका हुन् ।
उनले एमालेले पहाड र मधेसबीच द्वन्द्व सिर्जना गरेर देशलाई विखण्डनमा लैजान लागि परेको आरोप लगाए । कोइरालाले अब एमालेका विषयमा जनताले फैसला गर्नु पर्ने समय आएको बताए । कोइरालाले बृद्धभत्ताका नाममा धेरै राजनीति नगर्न एमालेलाई चेतावनी दिए ।
‘कांग्रेसले जम्मा गरेको राज्यकोषको ढुकुटीबाट बृद्धभत्ता बाँडेर एमालेले बाड्यो भनेर कति दिन राजनीति गर्नु हुन्छ ? केपी ओलीजी सक्नुहुन्छ भने बालकोटबाट बाँडेर देखाए हुन्छ,’ उनले भने ।

Post Comment