स्थानीय तह दोस्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।
अहिलेसम्म २४६ स्थानको मत परिणाम सार्वजनिक हुँदा नेकपा एमालेले १०४ स्थानीय तहमा विजय हासिल गरेको छ । त्यसैगरी नेपाली कांग्रेसले ९६ स्थानीय तहमा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्र ३२ स्थानीय तहमा विजयी भएको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ६ स्थानीय तहमा जित हात पार्दा नेपाल लोकतान्त्रिक फोरमले ४, राष्ट्रिय जनमोर्चाले २, राप्रपाले १ र एक जना स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जित हात पारेका छन् ।