केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले सप्तरीका दर्जनौं गाउँ जलमग्न भएका छन् ।
खाँडो नदी, बिगुल, त्रियुगा, महुली र सुन्दरीलगायतका खोलामा बाढी आउँदा कञ्चनरुप नगरपालिका, तिरहुत गाउँपालिका, रुपनी गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, कृष्णासवरण गाउँपालिकालगायतका दर्जनौं गाउँका १ हजार ५ सयभन्दा बढी घर डुबानमा परेका छन् ।
बाढीले हजारौं विगाहामा लगाइएको धानबाली समेत बगाएर लगेको छ । खाँडो खोलाको बाढीले रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रसमेत जलमग्न भएको छ ।
यस्तै महुली खोलामा आएको बाढीले पोर्ताहाका करिब तीन सय भन्दा बढी घर डुबानमा पर्ने जोखिम बढेको छ ।