एनआरएन अमेरिका निर्वाचन : अगष्ट ११ र १२

एनआरएन अमेरिका निर्वाचन : अगष्ट ११ र १२
एनआरएन विशेष
अन्ततः गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका चुनाव आउँदो महिना हुने भएको छ । गत मे महिनामै एनअारएन अमेरिकाको वर्तमान कार्यसमितिको म्याद सकिएको थियो ।
निर्वाचन समितिले मंगलबार कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख चुनाव हुने जनाएको छ । उम्मेदवारको मनोनयन भोली बुधबारबाटै सुरु हुने समेत जनाइएको छ । उम्मेदवारहरूले जुलाइ ८ तारिखसम्म अाफ्नो उम्मेदवारी दर्ता गरिसक्नुपर्ने समितिले प्रकाशित गरेको तालिकामा उल्लेख छ ।
एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । वरिष्ठ उपाध्यक्ष, चार क्षेत्रीय उपाध्यक्षहरू, महासचिव, सचिव, कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ११ जना बोर्ड अफ डाइरेक्टरहरूको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ ।
अध्यक्षको मनोनयन दर्ता गर्नका लागि एकहजार डलर शुल्क तोकिएको छ । एनअारएन अमेरिकाको अध्यक्षका लागि अहिलेसम्म ६ जनाले अाफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष डा. केशब पाैडेल, टेक्ससका चर्चित युवा व्यबसायी इन्जिनियर गाैरीराज जोशी लगायत वर्तमान कार्यसमितिका चारजना उपाध्यक्षहरूले उम्मेदवारी दिने बताउँदै अाएका छन् । जोशीले गत शनिबार ड्यालसमा अाफ्नो उम्मेदवारीलाइ अाैपचारिकता दिँदै समूहका उम्मेदवारहरूकाे परिचयात्मक कार्यक्रम समेत राखेका थिए ।
वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलदेखि उपाध्यक्षहरू राम सी पोखरेल, रबीना थापा, डिल्ली भट्टराइले उम्मेदवारी दिने घोषणा गरेका छन् । जोशी बाहेक अन्य उम्मेदवारहरूले भने अाफ्नो समूहका उम्मेदवारहरू सार्वजनिक गरेका छैनन् । उनीहरूमध्य केहीले भित्री रूपमा प्यानल बनाएका छन् भने केहीले तयारी गरिरहेका छन् ।
एनआरएन अमेरिकाको २६ स्टेट च्याप्टरको पनि चुनाव सोही समयमा हुनेछ । धेरै सदस्यहरू रहेका टेक्सस, न्यूयोर्क, क्यालिफोर्निया, भर्जिनिया, कोलोराडो, अोक्लाहोमा लगायतका राज्यहरूमा स्टेट च्याप्टरको समेत नेतृत्व चयन हुनेछ ।  स्टेट च्याप्टरमा अध्यक्ष सहित ११ जनाको कार्यसमिति चयन हुनेछ ।
निर्वाचन समितिले चुनावी कार्यतालिका समेत प्रकाशित गर्दै जुलाइ १८ मा उम्मेदवारहरूको पहिलो सूचि प्रकाशित गर्ने, २४ तारिखसम्म उम्मेदवारी फिर्ता लिनसक्ने र जुलाइ २९ मा अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।
अगष्ट ११ र १२ तारिकमा अनलाइन मार्फत हुने निर्वाचनको मतगणना गरेर अगष्ट १९ तारिकमा सार्वजनिक गरिनेछ ।

अन्ततः गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका चुनाव आउँदो महिना हुने भएको छ । गत मे महिनामै एनअारएन अमेरिकाको वर्तमान कार्यसमितिको म्याद सकिएको थियो ।

निर्वाचन समितिले मंगलबार कार्यक्रम प्रकाशित गर्दै अगष्ट ११ र १२ तारिख चुनाव हुने जनाएको छ । उम्मेदवारको मनोनयन भोली बुधबारबाटै सुरु हुने समेत जनाइएको छ । उम्मेदवारहरूले जुलाइ ८ तारिखसम्म अाफ्नो उम्मेदवारी दर्ता गरिसक्नुपर्ने समितिले प्रकाशित गरेको तालिकामा उल्लेख छ ।    एनआरएन अमेरिकाको अध्यक्ष लगायत ३३ पदको चुनाव हुनेछ । वरिष्ठ उपाध्यक्ष, चार क्षेत्रीय उपाध्यक्षहरू, महासचिव, सचिव, कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, युवा संयोजक, महिला संयोजक र ११ जना बोर्ड अफ डाइरेक्टरहरूको चुनाव हुनेछ । त्यस्तै ८ जना आईसीसी सदस्यको पनि चुनाव हुनेछ ।

अध्यक्षको मनोनयन दर्ता गर्नका लागि एकहजार डलर शुल्क तोकिएको छ । एनअारएन अमेरिकाको अध्यक्षका लागि अहिलेसम्म ६ जनाले अाफ्नो उम्मेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष डा. केशब पाैडेल, टेक्ससका चर्चित युवा व्यबसायी इन्जिनियर गाैरीराज जोशी लगायत वर्तमान कार्यसमितिका चारजना उपाध्यक्षहरूले उम्मेदवारी दिने बताउँदै अाएका छन् । जोशीले गत शनिबार ड्यालसमा अाफ्नो उम्मेदवारीलाइ अाैपचारिकता दिँदै समूहका उम्मेदवारहरूकाे परिचयात्मक कार्यक्रम समेत राखेका थिए ।

वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलदेखि उपाध्यक्षहरू राम सी पोखरेल, रबीना थापा, डिल्ली भट्टराइले उम्मेदवारी दिने घोषणा गरेका छन् । जोशी बाहेक अन्य उम्मेदवारहरूले भने अाफ्नो समूहका उम्मेदवारहरू सार्वजनिक गरेका छैनन् । उनीहरूमध्य केहीले भित्री रूपमा प्यानल बनाएका छन् भने केहीले तयारी गरिरहेका छन् ।    एनआरएन अमेरिकाको २६ स्टेट च्याप्टरको पनि चुनाव सोही समयमा हुनेछ । धेरै सदस्यहरू रहेका टेक्सस, न्यूयोर्क, क्यालिफोर्निया, भर्जिनिया, कोलोराडो, अोक्लाहोमा लगायतका राज्यहरूमा स्टेट च्याप्टरको समेत नेतृत्व चयन हुनेछ ।

स्टेट च्याप्टरमा अध्यक्ष सहित ११ जनाको कार्यसमिति चयन हुनेछ ।   निर्वाचन समितिले चुनावी कार्यतालिका समेत प्रकाशित गर्दै जुलाइ १८ मा उम्मेदवारहरूको पहिलो सूचि प्रकाशित गर्ने, २४ तारिखसम्म उम्मेदवारी फिर्ता लिनसक्ने र जुलाइ २९ मा अन्तिम नामावली प्रकाशित गर्ने जनाएको छ ।

अगष्ट ११ र १२ तारिकमा अनलाइन मार्फत हुने निर्वाचनको मतगणना गरेर अगष्ट १९ तारिकमा सार्वजनिक गरिनेछ ।

 

Post Comment