संशोधनमा बिपक्ष रहेको एमाले बिरुद्ध सरकार र राजपाको निर्वाचनको रणनिति यस्तो छ !

संशोधनमा बिपक्ष रहेको एमाले बिरुद्ध सरकार र राजपाको निर्वाचनको रणनिति यस्तो छ !
जनसरोकार

संविधान संशोधनबारे छलफल गर्न शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र राजपा नेताहरुको बैठकमा चर्चा चल्यो- तराई मधेसमा एमालेले कसरी यति धेरै सीट जित्यो ?

टीकापुर नगरपालिकामा एमालेले जितेको विषयमा त निकैबेर छलफल नै भयो । भारतीय अतिक्रमण भोगिरहेको सुस्ता महेशपुरदेखि सुरक्षाकर्मीसहितको विभत्स हत्याकाण्ड भएको टीकापुरसम्मका ठाउँमा एमालेले जितेपछि सत्तापक्ष र राजपा नेताबीच निकैबेर समीक्षा भएको हो ।

अब एमालेले संविधान संशोधन पारित गर्न नमानेमा यसैलाई चुनावी एजेण्डा बनाएर जाने प्रस्ताव बालुवाटार बैठकमा शेरबहादुर देउवा र प्रचण्डले राजपा नेताहरु समक्ष राखेका छन् ।

तर, एमाले नेताहरु भने संशोधनको सम्बन्धमा अझ कठोर बन्दै कुनै हालतमा पारित गर्न नदिने अडानमा छन् । यसले एमालेलाई तेस्रो चरणको चुनावमा लाभहानी के गर्छ ? सायद एमाले नेताहरुले हिसाब गरिरहेका होलान् ।

Post Comment