राष्ट्रपतिविरुद्ध फेसबुकमा मनपरी लेख्ने नेविसंघ कार्यकर्ता पक्राउ

राष्ट्रपतिविरुद्ध फेसबुकमा मनपरी लेख्ने नेविसंघ कार्यकर्ता पक्राउ
जनसरोकार

हुँदै नभएको १६ करोडको गाडी खरिद प्रकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई जोडेर सामाजिक सञ्जाल फेसबुकमा मनपरी लेख्ने अर्का युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको बन्दिपुर निवासी नेविसंघ कार्यकर्ता बिबेक बाँनियालाई फेसबुकमा अश्लिल र अमर्यादित गाली गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । ट्रिनिटी कलेजका विद्यार्थी विवेकले यसअघि बन्दिपुरको नोत्रे दाम्स स्कूलमा पढेका थिए । उनीमाथि प्रहरीले साइबर क्राइमसम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

यसअघि प्युठानका सोनुकुमार सुनारलाई प्रहरीले विहिबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । पेशाले पत्रकार सोनुकुमार लामो समयदेखि राष्ट्रपति तथा राष्ट्र उच्च पदस्थ व्यक्तिमाथि तल्लोस्तरको भाषा प्रयोग गर्दै मनपरी लेख्दै आएका थिए । उनलाई थप कारवाहीका लागि काठमाडौं ल्याइएको छ ।

प्रहरी स्रोतका अनुसार सुनारमाथि प्रहरीले साइबर क्राइम सम्बन्धी मुद्दा अघि बढाएको र ५ वर्षको जेल सजायँ हुनसक्छ । साइबर क्राइमसम्बन्धी अपराधको दफा ४७ अन्तर्गत पक्राउ परेका सुनारलाई ५ बर्ष कैद र १ लाख रुपैयाँ जरिवानामा मुद्दा चलाउन काठमाडौं ल्याइएको हो ।

Post Comment