नवराज सिल्वाल बाहेक एआईजीका लागि ११ जना डिआईजीको नाम सिफारिस

नवराज सिल्वाल बाहेक एआईजीका लागि ११ जना डिआईजीको नाम सिफारिस
जनसरोकार

गृह मन्त्रालयको बढुवा समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि ११ जना डिआईजीको नाम सिफारिस गरेको छ।

डिआईजीको वरिष्ठतामा एक नम्बरमा रहेका नवराज सिलवाल एआईजीको सिफारिसमा परेका छैनन्। बढुवा समितिको सूचिअनुसार डिआईजी बमबहादुर भण्डारी एक नम्बरमा छन् भने सर्वोच्चको आदेशबाट आईजी हुनबाट रोकिएका जयबहादुर चन्द दोस्रो नम्बरमा छन्।

गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले एआइजीको संख्या ११ पु्र्‍याउने निर्णय गरेको थियो।

प्रहरी नियमावली अनुसार प्रहरी महानिरीक्षक (आईजी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदमा नियुक्त गर्ने अधिकार नेपाल सरकारलाई रहन्छ। एआईजीमा बढुवाका लागि गृह मन्त्रालयका सचिव अध्यक्ष रहेको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य तथा प्रहरी महानिरीक्षक सदस्य सचिव रहेको बढुवा समितिले बढुवाका लागि सिफारिस गर्छ।

Post Comment