हिन्दूराष्ट्र, संवैधानिक राजसंस्थाको माग गर्दै एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले र्याली निकालेको छ ।
मंगलबार राजधानीको बबहरमहलबाट निकालिएको र्याली माइतीघर मन्डला पुगेर सकिएको थियो ।
‘भ्रष्टाचार नियन्त्रण गरौं’, ‘भागबन्डाको राजनीति अन्त्य गरौं’, ‘संवैधानिक राजसंस्था कायम गरौं’ भन्ने नारा लगाउँदै निस्केको र्यालीको नेतृत्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले गरेका थिए ।
राजतन्त्र स्थापना नभएसम्म आन्दोलन जारी रहने भन्दै उनले राजसंस्था पुनःस्थापनाको संघर्षमा लाग्न आग्रह गरे ।
राजसंस्था पुनःस्थापना र हिन्दूराज्यको एजेन्डा लिएका केही शक्तिले राजसंस्थालाई धोका दिएर विदेशीको इसारामा चलेको उनको आरोप थियो ।