एनआरएन अमेरिकाको आउने नेतृत्वका लागि हुन लागेको निर्वाचनलाई लिएर एनआरएनए आईसीसीका महासचिव, क्षेत्रीय संयोजक, उपक्षेत्रिय संयोजक र एनआएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसी बिचको पत्र युद्धले निर्वाचन प्रक्रिया नै रद्द हुने जोखिम बढेको छ ।
वर्तमान कामचलाउ कार्यसमिति पनि भंग गर्ने र अहिलेको निर्वाचन प्रकृयापनि स्थगित हुने सम्मको अवस्था आउन सक्ने एनआरएन अमेरिका भित्र चर्चा हुन थालेको छ ।
एनआरएन अमेरिकाको निर्वाचन समितिलाई प्रभावित पार्ने गरी क्षेत्रीय संयोजक सोनाम लामाले जुलाई १७ मा पत्र पठाएका थिए । उक्त पत्रमा विधानमा उम्मेदवारको योग्यताका बारेको व्यवस्था उल्लेख गरिएको थियो । यो पत्रको मुख्य आशय अहिले अध्यक्ष पदका बलिया प्रत्यासी गौरी जोशीलाई उठ्न नदिने आशय लुकेको थियो ।
यो पत्रलाई काउन्टर दिदैं यसको दुई दिन पछि एनआरएन अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जीसीले सोमान लामालाई निर्वाचन सिमितिलाई यस्तो पत्र पठाउने हैसियत नभएको आशयको इमेल लेखे । यो पत्र युद्ध चलिरहेको वेला एनआरएन अमेरिका निर्वाचन समितिले उम्मेदवारको प्रारम्भिक सूची प्रकाशित गर्यो । निकै त्रुटीपुर्ण उक्त सूचीमा गौरी जोशीको नाम राखिएन ।
आफूले विद्यान अनुसार प्रक्रिया पुर्याएर उम्मेदवारी दिएको उम्मेदवारको सूचीमा नाम नराखिनु अन्याय भएको भन्दै आईसीसी महासचिव बद्री केसीलाई पत्राचार गरे । यसको भोलिपल्ट बद्री केसीले एनआरएनए आईसीसीको लेटर प्याडमा गौरी जोशी यसअघि एनआरएन अमेरिकाको कार्यसमितिमा काम गरिसकेको हुदां उम्मेदवार बन्न योग्य हुने प्रमाणित गर्दै पत्र निर्वाचन समितिलाई पत्र पठाए ।
महासचिव बद्री केसीले पदको दुरुपयोग गर्दै एनआरएन एनसीसी अमेरिकाको निर्वाचन प्रकृयामा हस्तक्षेप गरेको भन्दै पुन सोमवार क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले अध्यक्ष शेष घलेलाई सम्बोधन गर्दै पत्र पठाएका छन् । यो पत्रमा गौरी जोशीको नाम उल्लेख गर्दै बद्री केसीको पत्रको खण्डन गरिएको छ ।
आईसीसीमा पनि केही महिना पछि निर्वाचन हुदैं छ । त्यहाँ नेतृत्वको होडवाजीलेपनि पत्र युद्धलाई जोड तोडका साथ चलेको हो ।
अहिलेको पत्र युद्धको उम्मेदवार हुन पाउनेको नपाउने भन्नेमा केन्द्रित छ । यसमा एनआरएन अमेरिकाका १५ हजार सदस्यलाई भने बेवास्ता गरिएको छ । वर्तमान कामचलाउ कार्यसमितिपनि विभाचित र असक्षम साबित हुदैं गएको पुष्टि हुदैं गएको छ ।