ब्रिटेनको लण्डनस्थित बकिङघम राजदरबार नजिकै एकजनाले चक्कु प्रहार गर्दा दुईजना प्रहरी घाइते भएका छन्।
ठूलो आकारको एउटा चक्कु कारमा राखेका ती युवकले प्रहरीका सवारीसाधन नजिकै आफ्नो कार रोकेपछि प्रहरीले उनलाई पक्राउ गर्न खोजेका थिए।
पक्राउ गर्ने क्रममा उनले चक्कु प्रहार गर्दा दुईजना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले बताएका छन्।
चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको र उपचारका लागि उनलाई अस्पताल पुर्याइएको छ।
अधिकारीहरुका अनुसार आक्रमण गर्न खोजेको आशंकामा उनलाई पक्राउ गरिएको र थप सोधपुछ गरिनेछ।
उनी अन्दाजी २० वर्षको भएको बताइएको छ।