टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु,दुई हजारभन्दा बढीको उद्धार

टेक्सासमा समुद्री आँधीमा परी पाँच जनाको मृत्यु,दुई हजारभन्दा बढीको उद्धार
जनसरोकार

 अमेरिकाको टेक्सासमा आएको समुद्री आँधी हार्भेमा परी पाँच जनाको मृत्यु भएको छ ।

 हस्टन र वरिपरीबाट दुई हजारभन्दा बढीको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् । लगातार आँधी र पानी परिरहेकाले जनजीवन अस्तव्यस्त बनेको छ ।

कहाँ के कति जनधनको क्षति भयो भन्ने कुनै आंकलन गर्न नसकिएको टेक्सास राज्यका गभर्नरले बताएका छन् ।मानिसहरुलाई सार्वजनिक आश्रयस्थलहरुमा राखिएको छ । अमेरिकाको राष्ट्रिय मौसम केन्द्रले परिस्थिति कल्पना गरेभन्दा बाहिर पुगेको जनाएको छ ।

२५० भन्दा बढी सडक मार्गहरु बन्द हुँदा आवागमन ठप्प भएको छ । विमानस्थल बन्द गरिएको छ । १३ वर्ष यताको सबैभन्दा खतरनाक मानिएको यस आँधी बुधवारसम्मै कायम रहने बताइएको छ ।२ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा रहेको आँधीले तटीय क्षेत्र बढी प्रभावित भएको छ ।

डुबान पीडितलाई आश्रय दिन कैयौं आपतकालीन अस्थायी बसोबास केन्द्रहरु खोलिएका छन्। गभर्नर ग्रेग अबोटका अनुसार टेक्ससका २५० सडकहरु बन्द गरिएका छन्।  ह्युस्टन क्षेत्रमा अब ५० इन्च पानी पर्ने अनुमान गरिएको छ।

Post Comment