एनआरएन अमेरिकाको स्थगित निर्वाचन आउने साता हुने

एनआरएन अमेरिकाको स्थगित निर्वाचन आउने साता  हुने
एनआरएन विशेष
एनआरएन अमेरिकाको स्थगित निर्वाचन आउने साता हुने भएको छ । उक्त प्रयोजनका लागि गठित निर्वाचन समितिले आउने सेप्टेम्बर ५ र ६ मङ्गलवार र बुधवार निर्वाचन हुने मिति सार्वजनिक गरेको छ ।
आज बुधवार अदालतबाट पत्र प्राप्त भयो यसपछि हामीले सम्भव भएसम्म छिटो निर्वाचन मिति तय गरेका हौँ निर्वाचन समिति सदस्य वन्दिता दाहालले हिमालयखवरसंग भनिन् । उम्मेदवारको संशोधित र अन्तिम सूची पनि बुधवारनै सार्वजनिक गरिने दाहालले जानकारी दिइन ।
अनलाइन प्रणाली मार्फत निर्वाचन हुने छ । यो हुदां मतदाता सूचीमा रहेका जहाँ भए पनि भोट दिन पाउने छन् ।
एनआरएन अमेरिकाको निर्वाचन मिति यस अघि अगष्टको दोस्रो साता तोकिएको थियो । उम्मेदवारको विवादका कारण अमेरिकाको अदालतले तत्काललाई निर्वाचन नगराउन अन्तरिम आदेश जारी गरेपछि तत्काललाई उक्त निर्वाचन स्थगन भएको थियो । अदालतमा जाने पक्षले मुद्दा फिर्ता लिएपछि स्थगित निर्वाचन पुन सुरु हुन लागेको हो ।
एनआरएन अमेरिकाका करिब १५ हजार मतदाता छन् । एनआरएन अमेरिका र च्याप्टरमा गरी दुई सय भन्दा बढीले उम्मेदवारी दिएका छन् । च्याप्टरमा कयौँको एक मात्र उम्मेदवारी परेको छ ।
मतदाता सूचीमा सकेसम्म हामीले त्रुटी नहोस भनेर सावधानी अपनाएका छौँ दाहालले भनिन् तर, पनि अन्तिम मतदाता सुची एनआरएन अमेरिकाले उपलब्ध गराएको हो हामीले यसकै आधारमा निर्वाचन गर्ने हो ।
निर्वाचन सकिए पछि सम्भव भएसम्म छिटो नतिजा सार्वजनिक गर्ने उनले जानकारी दिइन् ।

Post Comment