नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीप्रति आक्रोश व्यक्त पोखेका छन् । उपचारका लागि थाइल्याण्ड पुगेर फर्किएका ओलीले बुधबार त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै राजपालाई निषेधको राजनीति त्याग्न आग्रह गर्दा आक्रोश पोखेका हुन् ।
मंगलबार जनकपुरमा एमालेको कार्यक्रममा राजपा कार्यकर्ताले विथोल्न खोजेको भन्दै ओलीले आक्रोशित हुादै भने । ‘सभ्य समाजलाई अपाच्य हुने, अलोकतान्त्रिक र निषेको राजनीति नगर्नुहोस्,’ ओलीले भने, ‘संविधान संशोधन संसदबाट अस्विकृत भइसकेको छ ।
अब निर्वाचनमा सहभागि हुने भनेर गैर कानुनी काम नगर्नुस् । सभ्य राजनीतिक आचरण अपनाउनुहोस् ।’, “एमाले प्रतिवादमा आउन नपरोस् । आक्रमण गर्दा चुप लागेर बस्ने कुरा हुँदैन । यसबारेमा निर्वाचन आयोगले हेर्नुपर्ने भए पनि हेरेको छैन ।”