खिम लामिछाने काजी, भाद्र २२ गते । रेन्बोचिल्ड्रेन होम नेपालको नेतृत्वमा महिला तथा बालबालिका कार्यालय, बाकेको समन्वयमा बाडीग्रस्त क्षेत्र नेपालगन्ज, बाकेको नरैनापुर गाउपालिमा अवस्थिति श्री बि पी प्रा बि, सोनवर्षामा अध्यनरत बाडी पिडित स्कुले बिद्यार्थीहरुलाइ ६० थान झोला, ६० थान टि-शर्त र हाप पाइन्ट बिरारण गरियो ।
नरैनापुर गाउपालिका वडा ६ को गंगापुर र बङालपुर दुबै ठाउँमा गरेर ३८ थान कम्बल, ५० जनालाई म्याट्रेस, ३ थान त्रिपाल, ५० थान साडी, ५० थान कुर्था सुरुवाल बितरण गरियो ।
उक्त राहतको ब्यबस्थान तथा सकलनमा रेन्बो चिल्ड्रेन होम नेपाल, बाल कल्याण-सेतीबगर, हिमाली बाल मन्च-भकुण्डे, कर्मा धना गुरुङ र बिनोद नेपालीले सहयोग गरेका थिय ।
पीडितहरुलाई राहत बितरण गर्नमा गंगापुर प्रहरी चौकी र स-शास्त्र बलबाट सहयोग प्राप्त भएको थियो । उक्त स्थानमा २ बालबालिका तथा १ महिला गरी ३ जनाको बाडीमा मृत्यु भएको थियो ।
यस अघी रेन्बो चिल्ड्रेन होम नेपालले पोखरा पर्यटनसँग सहकार्य गरी चितवन माडीमा बाडी पीडितहरुलाई राहत बितरण गरेको थियो । त्यसैगरी लाइन्स क्लब अफ पोखरा लेकसाइडसँग सहकार्य गरी कास्कीको रिभान गाउपालिकामा पैरो पीडित ब्यक्तीहरुलाई राहत बितरण गरेको थियो ।
सस्थाका निर्देशक समाजसेवी गोमा ढकाल प्राकृतिक बिपत्तीमा सहयोग गर्नु सबैको दायित्व हो । भईपरी आउने प्राकृतिक बिनासकारी घटनाहरुको उद्धार, सहयोग र राहत कार्यमा यस सस्थाको टिम सधैं तत्पर रहने कुराको जानकारी दिइन ।