‘अति भयो, अब त शेरबहादुरजीले लाज मान्नु पर्ने हो’: एमाले अध्यक्ष केपी ओली

‘अति भयो, अब त शेरबहादुरजीले लाज मान्नु पर्ने हो’: एमाले अध्यक्ष केपी ओली
राजनीति

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धुर्मुस सन्तुली फाउन्डेशनभन्दा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार कमजोर भएको दावी गरेका छन् । ‘एमाले नेतृत्वको सरकारले गरिव तथा विपन्नलाई २० हजार आवास दियो, धुमुस सन्तुली फाउन्डेशनले भूकम्प तथा बाढी प्रभावित क्षेत्रका बासिन्दालाई बास दियो, तर प्रचण्ड र शेरबहादुरजी नेतृत्वको सरकारले के दियो’ , ओलीले प्रश्न गर्दै भने ‘अति भयो, अब त शेरबहादुरजीले लाज मान्नु पर्ने हो ।’

एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापासँगको फेसबुक लाइभमा कुरा गर्दै ओलीले वर्तमान सरकार जनताको नभई भ्रष्टाचारीलाई पक्षपोषण गरिरहेको बताए । ‘जतासुकै भ्रष्टाचार अनिमितता छ देउवाजी मुखु दर्शक भएर बसिरहनुभएको छ, धुर्मुस सुन्तली फाउन्डेशनभन्दा देउवा सरकार कमजोर सावित भयो ।’

तराई मधेसमा एमालेविरुद्ध सत्तापक्षले दूस्प्रचार गरिरहेका भन्दै कडा आपत्ति समेत जनाए । ‘तराईको विकासका लागि एमालेले बजेट दियो, तर हामीले बजेट दियौ भन्दै कांग्रेस माओवादीका साथीहरु हिडिरहनु भएको रहेछ, अलिकति लाज त मान्नु परयो नी’ , ओलीले भने ।

Post Comment